नियम १९
दूरीको विवरण राख्नु पर्ने

(१) जिल्ला भित्रको ठाउँ ठाउँको दूरीको विवरण सम्बन्धित जिल्लाको स्थानीय विकास अधिकारीले तयार गरी राख्नु पर्नेछ र जिल्लाभित्रका सबै कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) एक जिल्लाको सदरमुकामदेखि अर्को जिल्लाको सदरमुकाम बीचको दूरी स्थानीय विकास मन्त्रालयले तयार गरी सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा र अन्य मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम उपलब्ध गराएको विवरणको आधारमा सम्बन्धित कार्यालयले कोषको हिसाब गर्नु पर्नेछ ।